रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको वडा नम्बर ६ को स्वास्थ्य चौकिमा एक दिने निशुल्क स्वास्थ्य शिबिर समपन्ना भएको छ ।

बाफिकोट गाउपालिका वडा नम्बर ६ र मानव बिकास तथा सामुदायिक सेवा अन्तरगत चौरजहारी अस्पताल र मातृ तथा बाल स्वास्थ्य प्रबर्द्धन परियोजनाको सयुक्त आयोजना तथा आर्थिक सहयोगमा शिबिर सम्पन्ना भयको हो ।वडाअध्यक्ष मनोज अधिकारी को अध्यक्षता रहेको सिबिरको उद्घाटन गाउँपालिका अध्यक्ष जनक कुमार बाठामगरले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

शिबिरमा चौरजहारी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर शिला सुनार, जनरल सर्जन डाक्टर आशिष अधिकारी,डाक्टर प्रवेश रेग्मी,बेदकुमार चौधरी,प्रयोजना अधिकृत अधिकृत गोपाल तिमल्सिना सहित १६ जना स्वास्थकर्मिको टोलि खटिएको आयोजकले बताएको छ ।

 

उक्त शिबिरबाट ८० जना बिरामिहरुको भिडियो एक्सरे, १२९ जनाको रक्त समुह जाँच,११० जना गर्भवती आमाको गर्भ जाँच, आङ खस्ने समस्या, महिनावारी गडबडी,नाक, कान,घाँटी गेस्टाईटिस,तल्लो पेट दुखने, ज्वरो,रुघाखोकी  जस्ता बिभिन्ना समस्या भयका जम्मा ४७५जना बिरामी हरुले उक्त सेवा लियको र जटिल समस्या भएका बिरामी हरुलाई अस्पताल सम्म प्रेसन गरेको चौरजहारी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर शिला सुनारले जानकारी दिनुभयो ।

 

तेस्तै प्रयोजना अधिकृत तिमिल्सिनाका अनुसार बिगतका दिनहरुमा प्रयोजनाले गाउँ गाउँ मै निशुल्क स्वास्थ्य शिबिर मार्फत सेवा दिदै आयको कुरा बताउनु भएको छ । साथै शिबिरमा विभिन्न प्राकृतिका समस्या भएका ६ जना अपाङ्गता भएका ब्यक्तिहरुले उक्त शिबिर बाट सेवा लिएको आयोजकले बताएको छ ।