रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ का युवाहरु संगठित भएका छन् ।   युवाहरु संगठित भएर ‘नाखिरा युवा क्लब’ गठन गरेका छन् । विधिवत रुपमा क्लब गठन गरेर आज एक कार्यक्रमका बिच नगर प्रमखु पुष्प वादीले उद्घाटन गर्नुभएको छ ।  समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि योगदान दिन नाखिरा युवा कलब गठन गरिएको क्लबमा सचिव ज्ञानु आचार्यले जानकारी दिनुभयो । उहाँले विभिन्न खालका सेवामुलक कार्य गर्न, खेलकुद तथा अन्य गतिविधिहरु मार्फत युवाहरुको क्षमता विकास गर्न तथा सामाजिक योगदान दिनको लागि युवाहरु संगठित भएको जानकारी दिनुभयो ।

क्लबको अध्यक्षमा त्रिलोचन गिरी, उपाध्यक्षमा जयन्ती गोसाँई, सचिवमा ज्ञानु आचार्य, सहसचिवमा मोहन सुन्च्युरी, कोषाध्यक्षमा खुलस्त गिरी रहनु भएको छ । ११ सदस्यीय कार्यसमिति रहेको छ । सदस्यहरुमा केशव बहादुर सुनार, तुलाराम नेपाली, महेश गिरी, खड्गी सुनार, मिना महर र लक्ष्मी बिक रहनुभएको छ ।

चौरजहारी नगर प्रमुख पुष्प वादीकाे प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा वडा अध्यक्ष ईन्द्रे गिरी, निवर्तमान वडा अध्यक्ष भद्रबबहादुर बिष्ट, नेपाली काँग्रेसका जिल्ला सदस्य यदुकमाुर आचार्य लगायतको आतिथ्यता रहेको थियो ।  युवाहरु समाज परिवर्तनका संवाहक भएकोले सामाजिक चेत र जागरणसहित सक्रिय भएर कार्य गर्न अतिथिहरुले सुझाव दिनुभएको छ ।