रुकुम पश्चिमको चौरजहारी नगपालिका ८ निवासी एक पुरुष बेपत्ता हुनुभएको छ । नगरपालिकाको वडा नम्वर ८ साेतीखाेला निवासी ३३ वर्षीय लक्ष्मण बुढा बेपत्ता हुनुभएको हो ।   बुढा शनिबार बेलुका नगरपालिकाको वडा नम्वर २ विजयश्वरी आसपासको क्षेत्रबाट बेपत्ता हुनुभएको वडा नम्वर २ का वडा अध्यक्ष बिरबहादुर राणाले जानकारी दिनुभयो ।

बेपत्ता बुढा गहुँगोरो र पाँच फिट उचाईको रहनुभएको छ भने उहाँले ढाँका टोपी र रातो रंगको टिसर्ट लगाउनुभएको छ । उहाँको बोलाई सम्बन्धी समस्या रहेको छ ।   हराउनु भएका बुढालाई देख्नुहुने वा भेटाउनु हुनेले उहाँको बुवा जयराम बुढाको मोवाईल नम्वर ९८६८२३३२५२ र मामाको मोबाईल नम्वर ९८४९३०२०७८ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।