नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त गायक प्रकाश सपुतले अमेरिकाको टेक्ससमा आफ्नो प्रस्तुती दिने भएका छन् । गायक सपुतले आगामी जुन १६ तारिकका दिन नेपाली बाहुल्य राज्य टेक्ससको अस्टिन सहरमा आयोजना हुँदै गरेको नेपाली कल्चर इभेन्ट नामक साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका हुन । उनिसंगै अन्य चर्चित कलाकारकाको पनि प्रस्तुती रहने भएको छ । गायक सपुत संगै गायिका शान्ति भण्डारी , गायक छवि राज सुनार, गायक सत्य थापा लगायत स्थानिय कलाकारहरुको साँगीतिक तथा साँस्कृतिक प्रस्तुती रहने छ ।

जुन १६ तारिकका दिन साँझ ६ बजेबाट सुरु हुने यस कार्यक्रमा सहभागी हुन ईच्छुकहरुका लागि टिकेट समेत खुल्ला गरि सकिएको निम भारतिले जानकारी दिनुभयो।  उहाँका अनुसार सर्बसाधारणका दर्शकका लागि ४० डलर र भिआइपिका लागि १०० डलर प्रवेश शुल्क तोकिएको छ । जसका लागि निम भारती र सुजन बुढाथोकिलाई सम्पर्क गर्न सकिने छ । कार्यक्रमको सबै तयारी गरिसकेको बताउदै  दर्शकको उल्लेखिय सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

गायक सपुत पहिलो पटक अस्टिन आउन लागेका हुन । उनले गायका गलबन्दी च्यातियो, तिम्रो मायाले मलाई पीर दियो, कुरा बुझ्न पर्च, सकम्बरी, दमाई महाराज लगायतका गीतहरू चर्चित छन्। सपुतका गीतले सामाजिक चेतनामूलक सन्देश दिने गर्दछन्।  नेप्लिज इन्टरटेनमेन्ट अस्टिन र आत्रेय प्रोडक्ट हाउस संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।