रुकुम पश्चिममा विभिन्न पार्टी परित्याग गरेर १० जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
मंगलबार चौरजहारी नगरपालिका ११ मा भएको पार्टीको एक कार्यक्रमका बिच १० जनाले रास्वपा प्रवेश गरेका हुन् । रास्वपाका चौरजहारी नगर सभापति प्रबिन बुढाथोकीका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) छोडेर उनीहरु रास्वपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा प्रगतिशील लोकतान्त्रिक पार्टी चौरजहारी –११ का पूर्व वडा कमिटी अध्यक्ष वीरबहादुर ओली, सोही पार्टीका वडा कमिटि सदस्य लालबहादुर नेपाली, रत्न केसी, कमल बिक र यमन नेपाली रहनु भएकाे छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चौरजहारी ११ का वडा कमिटी अध्यक्ष बिश्राम खत्री र वडा सदस्य मेगे खत्री पनि रास्वपा प्रवेश गर्नुभएको नगर सभापति बुढाथोकीले जानकारी दिनुभयो । अन्य पार्टी प्रवेश गर्नेहरुमा सोही वडा निवासी नेकपा (एमाले) का तारादेव शर्मा र नरेश बिक र नेपाली कांग्रेसका भुपाल चन्द रहनु भएकाे छ ।
उहाँहरुले पुराना दलहरुले परिवर्तनलाई आत्मसाथ गर्न नसकेको, जनताको जिविका परिवर्तनमा ध्यान दिन नसकेको लगायतका आरोप लगाउँदै रास्पवा रोजेको बताउनुभएकाे छन् ।









