चौरजहारी नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा भोलि फागुन ९ गतेदेखि हुने छठौं मेयरकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी भएको पुरा भएको आयोजकले बताएको छ ।आयोजकका अनुसार भोलि मंगलबार विहान ११ बजे प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम छ ।
शितल माद्यामिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा भलिवल र एथलेटिक्सतर्फका खेलहरु समावेश गरिएका छन् । चौरजहारी नगरपालिका भित्रका ३ संस्थागतसहित १२ वटा माविका कक्षा १२ सम्मका विद्यार्थीहरुबीच प्रतियोगिता हुनेछ ।
नगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्तरगत मेयरकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, छात्र छात्रा ४×१०० र ४×४०० रिले दौड, छात्र छात्रा हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट भलिवल र कबड्डि खेल समावेस गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालय तथा खेलाडिलाई नगद, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।प्रतियोगिता ३ दिनसम्म संचालन हुने छ ।









