चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत रामबहादुर के.सी.को विदाई भएको छ । नगरपालिकामा एक बर्ष ६ महिनाको कार्यकाल पूरा गरेर के.सी. शुक्रवार विदाई हुनुभएको हो । अध्यनको शिलशिलामा काठमान्डौ जानलाग्नु भएका के.सी.लाई नगर प्रमुख विशाल शर्माले मायाको चिनो प्रदान गर्दै विदाई गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले प्रमुख प्रशासकीय अधिकृत के.सीको सहयोगले विकास निर्माण कार्यमा सकारात्मक कदम भएको र सबैले प्रशंसा गरेकोबताउनु भयो । ‘समृद्ध नगर निर्माण गर्ने अभियानमा जग बसाउन सफल हामी उहाँलाई स्थानीय तहको विज्ञको रुपमा मान्छौ, उहाँको भनाई थियो । कार्यसम्पादनको सिलसिलामा आफ्ना जिम्मेवारीलाई सफलता पूर्वक सम्पन्न गर्न सफल भएको र आफ्नो कार्यकालमा नगरपालिका शाखा कर्मचारी देखि स्थानीय लगायत सेवाग्राहि सबै लाई व्यवस्थित गर्दै एक सफल नेतृत्वको उदाहरण बन्न सकेको नगर प्रमुख शर्माले प्रकाश पार्नु भएको थियो ।
त्यसैगरी निर्वतमान प्रमुख प्रशासकिय अधिकृत के.सीले चौरजहारीमा जति सम्भावनाहरु छन् त्यति नै चुनौतिहरु पनि रहेको बताउँदै चुनौतिहरुको पार गर्दै अगाडि बढेमा पक्कै पनि सुन्दर र समृद्ध नगर निर्माणमा ढिलाइ नहुने बताउनु भयो । चौरजहारीमै बसेर अँझै धेरै बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने तथा बाकी रहेका कामहरुलाइ सम्पन्न गर्ने चाहाना हुँदा हुँदै अध्यनको शिलशिलामा बाहिर जानुपर्ने भएको बताउदै जहाँ सरुवा भएपनि चौरजहारीको बिकासका लागि सदैव साथ, समर्थन र सहयोग गरिरहने बताउँदै बिकास निर्माणमा सम्पुर्ण नगरबासीहरुलाई आ आफ्नो स्थानबाट हातेमालो गर्दै जुट्नुपर्ने कुरामा जोड दिनुभयो ।









