रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ५ का २७ वर्षीय प्रकाश केसी, सोही ठाउँकी ६८ बर्सिया पवि केसी र अन्दाजी २७ वर्षीय शशिधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनुभयो । दुई जना भने गम्भीर घाइते छन् ।

घाइते हुनेमा बाँफिकोट गाउँपालिका ५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ बर्सिया बिना केसी रहेको  बताएको छ । उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।   दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

 

बाँफिकोट गाउँपालिकाबाट दाङ तर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको हो । प्रहरीका अनुसार गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।