राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौरजहारी नगरपालिकाको ऐतिहासिक प्रथम भेला आज सम्पन्न भएको छ । चौरजहारीमा सम्पन्न भेलाले सर्वसम्मत निर्णयका आधारमा प्रविण बुढाथोकिलाइ नगर कार्य समितिको सभापतिका रुपमा चयन गरेको छ।
भेलाले उपसभापतिमा अजिप कुमार मल्ल, सचिव नरेश कुमार आचार्य, सहसचिव समोज पि.एम र कोषाध्यक्ष तारा बनगोसाईलाइ चयन गरेको जिल्ला पार्टी उपसभापति रिमप्रसाद शर्माले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरूमा दिपेन्द्र खडका, दल वहादुर बुढाथोकी, नारायण परियार, आर्यन कार्की, शिव लामिछाने, विष्णु अधिकारी, शुसिल रेग्मी, डिल्ली वुढाथोकी, लिलामणि गौतम र महेश वोहरा रहनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को नगरपालिकामा नयाँ नेतृत्व चयन पछि युवा पिढिमा खुसियाली समेत छाएको छ ।
भेलामा जिल्ला पार्टी सभापति मान वहादुर शाही लगाएतका नेताहरुको विशेष उपस्थिति रहेको थियो । भेला अघि मोटरसाईकल तथा अटो र्याली समेत निकालिएको थियो । र्याली नयाँवजार, वसपार्क, वडा नम्वर १ को पुरानो वजार, नाखिरा, लामिछानेगाउँ, घारिगाउँ हुदै वजार परिक्रमा गरिएको थियो । नवगठित नगर समितिले संगठन सुदृढीकरणका लागि सक्रिय भएर लाग्ने जनाएको छ। पार्टीको संगठनात्मक विस्तार र स्थानीय राजनीतिक सशक्तिकरणलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व अघि बढ्ने प्रतिबद्धताका साथ अधिवेशन सम्पन्न गरिएको हो।
रास्वपाले बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा समिति निर्माण गरिसकेको छ भने यहि श्रावण २९ गते आठविसकोट नगरपालिकाको राडी बजारमा, ३० गते सानीभेरी गाउँपालिकाको सिम्लीमा र ३१ गते मुसिकोट नगरपालिकाको खलङ्गामा भेला आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जिल्ला सभापति मान वहादुर शाहीले जानकारी दिनुभयो ।











