अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । उनी रुकुम बाफीकोटका स्थानीय हुन् ।
स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो । तीन जनाको समुहमा आएका लुटेरा मध्य एकजना भने बाहिर गाडीमै बसेको र दुईजना स्टोरमा पसेर हत्या गरेको बुझिएको मृतकका आफन्त मोहन कुसारीले जानकारी दिए । रुकुमको बाँकेकोट–१० घर भएका वली गत वर्षमात्र अमेरिका आएका हुन् ।
लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्याँस स्टेशनमा पुगेर लुटेका थिए । अहिले प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । मृतक वली ग्रीनकार्डको प्रकृयामा रहेको बताइएको छ ।