टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।नेदरल्यान्डसका म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । म्याक्स ५४ रनमा अविजित रहे । बिक्रमजित सिंहले २२ रनको योगदान दिए ।

बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले एकएक विकेट लिए ।१२ बलमा १३ रन आवश्यक रहेकोमा म्याक्सले १९ औ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका र छक्का प्रहार गरेका थिए । तेस्रो बलमा एक रन र चौथो बलमा चौका प्रहार गर्दै नेदरल्यान्डस्ले जित पक्का गर्यो ।

यसअघि अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा १०६ मा समेटिएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडेका थिए । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी आउट भए । अनिल ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रन जोडे । सोमपाल कामी ०, गुल्सन झा १४ र करन केसीले १७ रन जोडेर आउट भए ।बलिङमा नेदरल्यान्डसका टीम प्रीङल र लोलन भान विकले ३–३ विकेट लिए । पाउल भान मिर्केन र बास डी लेडीले २–२ विकेट लिए ।