दसैं, तिहार तथा छठ पर्वको अवसरमा शीतल चौरजहारी बी ६७ ले रुकुम पश्चिमको चौरजहारीमा खुला फुटबल प्रतियोगिता हुने भएको छ । यहि असोज २९ गतेदेखि वडा नम्वर १ को नाखिरा माईकिदर्ता खेलमैदानमा संचालन हुने आयोजकले बताइएको छ ।

प्रतियोगिताको विजेता समुहलाई एक लाख एक हजार १६७ रुपियाँ नगद पुरस्कार साथै ट्रफी, मेडल र प्रमाण पत्र व्यवस्था गरिएको आयोजक समुहका बिक्रम बिष्टले जानकारी दिनुभयो  ।  उपविजेतालाई ५१ हजार १६७ नगद रुपियाँ ट्रफी, मेडल र प्रमाण पत्रकाे व्यवस्था गरिएको उहाँको भनाइ‌ छ ।प्रतियोगितामा टिम दर्ता शुल्क १० हजार रुपियाँ राखिएको छ ।

स्थानीय तहमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा प्लेयर अफ द सिरिज, सेमिफाईनल देखिको म्यान अफ द म्याच, वेष्ट किप्पर अफ द टोरनामेन्ट, हाई स्कोरर अफ द टोरनामेन्ट, प्राप्त गर्ने खेलाडीहरु लाई पनि उचित पुरुष्कार व्यवस्था गरिएको आयोजक समुहका तेजकुमार विष्टले जानकारी दिनुभयो ।