अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा आयोजना हुने भएको छ । क्लबको शुक्रबार सम्पन्न केन्द्रिय समितिको बैठकले क्लबको केन्द्रिय साधारण सभा आगामी जुलाई महिनामा टेक्सासको ड्यालसमा सम्पन्न गर्ने निर्णय गरेको हो । हामीले क्लबको केन्द्रिय साधारण सभा टेक्सासको ड्यालसमा गर्दैछौं । केन्द्रिय साधारण सभाको तयारी तथा अतिथीको टुङ्गो लगाएपछि अर्को बैठकबाट मिति तय गरिने क्लबका अध्यक्ष किशन रेग्मीले जानकारी दिनु भयो ।

केन्द्रिय साधारण सभामा नेपाल तथा अमेरिकाबाट समेत पाहुनाहरु आउने क्लबले जनाएको छ ।  दुई बर्ष अघि स्थापना भएको क्लबमा पूर्ब पत्रकार तथा सकृय पत्रकार गरि ४५ जना बढी पत्रकारहरु आबद्ध रहेका छन ।
हामीले रिपोटर्स क्लब अमेरिकालाई पूर्ब तथा सकृय पत्रकारहरु, मिडियाका जानकारहरु, मिडिया पढीरहेका बिद्यार्थीहरुको साझा मन्चको रुपमा बिकास गरिरहेका छौं ।

 

क्लबको नयाँ सदस्यता लिन चाहनेहरु तथा नबिकरणको लागि आगामी जून महिनाको १५ तारेख भित्रमा सदस्यताको लागि आबेदन दिन सक्ने अध्यक्ष रेग्मीले बताउनु भयो ।