छिन्चु–जाजरकोट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान  जाजरकोट र सुर्खेतको सिमाना छेडाबजार नजिकै नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्बरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
 
 
दुर्घटनामा परि चौरजहारी नगरपालिका वडा नम्वर ४ मनकोट घर भएका ३७ वर्षिय भुवन केसीको  ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट अन्दाजी १०० मिटर तल भेरी नदीमा खसेको थियो।
 
 
 कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्वरको मोटरसाईकल चालक आठविसकोट नगरपालिका वडा नम्वर ४ का ३० वर्षिय दिपक दाहाल र मोटरसाईकल  प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक के.सी.को मोटरसाईकल पछाडी वसेका चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्तालगाउँका १८ वर्षिय आषिस कुमार मल्ल र दाहाल सामान्य घाईते भएको वताईएको छ ।
 
के.सी.को शवलाई भेरी नदिमा माछामार्ने व्यक्तिहरुले निकालेको प्रहरीले वताएको छ