नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक कृष्ण काफ्लेले अमेरिकाको टेक्सासमा आफ्नो प्रस्तुति दिने भएका छन् । गायक काफ्लेले मे १० तारिक दिन साँझ आफ्ना चर्चित गीतहरुको साथमा प्रस्तुती दिने भएका हुन् ।

मे १० तारिक शुक्रबार साँझ ८ बजेबाट सुरु हुने यस साँगीतिक कार्यक्रममा उपस्थित हुन चाहने दर्शकहरुलाई निशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

टेक्सासको नमस्ते प्यालेसको ग्राण्ड ओपनिङ्गका अवसरमा आयोजना हुन लागेको यस कार्यक्रममा विविध प्रस्तुतिहरु रहेका छन् । कार्यक्रमबारे थप जानकारीका लागि र उपस्थित हुन चाहनेहरुका लागि सम्पर्क नं. सार्वजनिक गर्दै आयोजक संस्थाले सहभागिताका लागि टेक्सासको नेपाली समुदायलाई अनुरोध गरेको छ ।

नेपाली सुगम तथा सिने क्षेत्रका चर्चित गायक काफ्लेका देखन चम्पा, पर्ख पर्ख मायालु, तिम्रो पिक्चर हिट, हाने मैंले झटारो, मैले बोलेको छैन, चोलीको तुना, लाईंदैन माया पिरती लगायतका थुप्रै गीतहरु चर्चामा छन् । स्याङ्गजाको रापाकोटमा जन्मिएका गायक काफ्ले हाल नपलपरासीका बासिन्दा हुन् । सानैबाट गीत संगीतमा लगाव भएका उनले औपचारिक रुपमा २०६५ सालबाट नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । तितो सत्यबाट कलाकारिता यात्रा सुरु गरेका उनले सो समय तितो सत्यमा लामो समय अभिनय गरेका थिए ।