रगतको क्यान्सरबाट पीडित चौरजहारीका २३  वर्षीय प्रकाश टमटाको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । चौरजहारी नगरपालिका–८ सोतिखोला निवासी रामे टुवटोको छोरा प्रकाशको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो । टमटा हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्

 

उनका दाई सागर ताम्राकारले उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको बताएका छन् । उनले सामाजिक संजाल फेसवुकमा एक पोष्ट गर्दै आर्थिक सहयोग गरेर भाइको ज्यान बचाइदिन अपिल समेत गरेका छन ।

‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे प्रकाशले पुर्नजीवन पाउँथे, त्यसैले सहयोगको अपिल गरेका हौं’, उनका दाई  ताम्राकारले भने । सहयोग गर्न चाहनेलाई राष्ट्रिय बाणिज्य बैंकमा  रहेको खाता नं. 4450100000825106 मा  सहयोग जम्मा गरिदिन ताम्राकारले आग्रह गरे ।

सहयोगका लागि उनका तपशिलमा उल्लेख नम्बरमा सम्पर्क गर्न सकिने छ ।

___________________________

बिरामी को नाम : प्रकाश टमटा
उमेर : २३ बर्ष
मोबाइल नम्बर : 9864321011 (बिरामी)  9866822233 (बिरामी को बुवा )
बैंक को नाम : राष्ट्रिय बाणिज्य बैंक
खातावालाको नाम : सागर ताम्राकार
नाता : (बिरामी को दाई)
Accounts nm :4450100000825106
Account name : SAGAR TAMRAKAR
Branch : (lamki kailali )
Mobile n: 9868160597
ठेगाना : चौरजहारी नगरपालिका वार्ड नं 8 सोतिखोला रुकुम पश्चिम (कर्णाली प्रदेश)