आज विहान दाङको घोराहीबाट रुकुमकोटका लागि छुटेको बस दुर्घनामा घाइते सबैको पहिचान खुलेको छ । घाइते २२ जना मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गम्भीर घाइते ४जनालाई नर्सिंङहोम नेपालगंज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक निमबहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, सोही ठाउँकै ६ वर्षीय रेशम पुन, दाङ नारायणपुर नगरपालिका ४ रक्षाचौरका २६ वर्षीय खिमा विक र तुल्सिपुर उपमहानगर पालिका ४ का गाडी साहु ४६ वर्र्षीय विष्णु विकलाई नर्सिंङहोम नेपालगंज रेफर गरिएको हो । अन्य ५ जना घाईतेलाई सिटी अस्पताल दाङ रेफर गरिएको छ ।

जसमा दाङका तुल्सिपुर उपमहानगर पालिका १० विजौरीका २९ वर्षीय कृृष्ण चौधरी, दाङ नारायणपुरका ३६ वर्षिया दिलकुमारी गोतामे, दाङकै  ४७  वर्षीया कुम्भकुमारी बुढा, दाङ तुल्सिपुर ६ का बस चालक पूर्णशम्सेर जवरा र दाङ पर्सेनीका ४९ वर्षीया ठगी बोहरा रहनुभएको छ । सामान्य घाइते भएका अन्य १३ जनाको स्थानिय जनप्रिय मेडकल थारमारे उपचार भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । रा १ ख २०८५ नम्बरको बस विहान साढे  १० बजे अनियन्त्रित भएर बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङखोला पुलबाट खसेको थियो ।

घाइते २२ जनाको विवरण
१    जि. दाङ तुल्सिपुर उ.म.न.पा. ४ बस्ने (गाडी साहु )बर्ष ४६ को बिष्णु बि.क. ( कम्मरमा चोट अवस्था सिरियस ) ।
२    जि. रुकुम पश्चिम  त्रिबेणी गा.पा. २ बस्ने बर्ष २२ कि चित्रा पुन (कम्मरमा चोट अवस्था सिरियस ) ।
३     जि.दाङ तुल्सिपुर उ.म.न.पा १० बिजौरी बस्ने बर्ष २९ को कृष्ण चौधरी ( कम्मरमा चोट अवस्था सिरियस ) ।
४    जि. दाङ नारायणपुर न.पा. १० बस्ने बर्ष ३६ कि दिल कुमारी गोतामे  ( ढाडमा चोट अबस्था सिरियस ) ।
५    ऐ.ऐ. ४ रक्षाचौर बस्ने बर्ष २६ कि खिमा बि.क. ( निधारमा चोट अवस्था मध्यम ) ।
६    चालक  जि. दाङ तुल्सिपुर उ.म.न.पा. ६ बस्ने बर्ष ३४ को पुर्ण शम्सेर जबरा ( छातिमा चोट अबस्था मध्यम ) ।
७       ऐ.ऐ  ७ परसेनि बस्ने बर्ष ४९ को ठगि बुढा ( ढाडमा चोट अबस्था मध्यम ) ।
८       ऐ.ऐ. बस्ने बर्ष ४७ कि कुम्भ कुमारी बुढा (ढाडमा चोट अबस्था मध्यम ) ।
९     जि. रुकुम चौरजहारी न.पा. २ बस्ने बर्ष १६ कि पुष्पा चन्द ( ढाडमा चोट अबस्था मध्यम )।
१०    जि. सल्यान शारदा न.पा. ५ बस्ने बर्ष १९  कि सपना भण्डारी (  टाउकोमा चोट अवस्था मध्यम ) ।
११    ऐ. बागचौर न.पा. १ गौरिबेत बस्ने बर्ष ५० कि भुमा बस्नेत  ( निधारमा चोट अवस्था मध्यम ) ।
१२    ऐ. शारदा न.पा. १५ बस्ने बर्ष २३ कि योगमाया बस्नेत ( निधारमा चोट अवस्था मध्यम ) ।
१३    जि. रुकुम पश्चिम  त्रिबेणी गा.पा. २ बस्ने बर्ष ६ को रेशम मगर (  टाउकोमा  चोट अवस्था मध्यम ) ।
१४    जि. रुकुम चौरजहारी न.पा. ९ बस्ने बर्ष १७ को उमेश मल्ल ( बाँया आखामा चोट अवस्था मध्यम )।

१५      जि. रुकुम सिस्ने गा.पा. ६ बस्ने बर्ष ११ कि  अरुणा गौतम (  हात खुट्टामा चोट अबस्था सामान्य ) ।
१६     जि. रुकुम बाफीकोट गा.पा. १ बस्ने बर्ष १४ को निश्चल हमाल ( टाउकोमा चोट अवस्था सामान्य ) ।
१७     जि. सल्यान  बागचौर न.पा. २ बर्ष २ कि ललिता बस्नेत ( अबस्था सामान्य ) ।
१८     ऐ.ऐ.  बस्ने बर्ष २५ को शुरेन्द्र बस्नेत ( निधारमा चोट अबस्था सामान्य ) ।
१९     ऐ.ऐ. छत्रेश्वरी १ दमाचौर बस्ने बर्ष ३१ को बिरेन्द्र चन्द ( खुट्टामा चोट अबस्था सामान्य ) ।
२०     ऐ.ऐ. सिद्ध कुमाख गा.पा. १ बस्ने बर्ष १७ को बिर बहादुर बस्नेत ( खुट्टामा चोट अबस्था सामान्य ) ।
२१)    ऐ.ऐ.  त्रिबेणी गा.पा. ६ बस्ने बर्ष ३३ को बसन्त जंग क्षेत्री ( खुट्टामा चोट अबस्था सामान्य )
२२)     जि. रोल्पा रुन्टीगढी गा.पा. ५ बस्ने बर्ष २५ को रञ्जित बि.क. (हातमा चोट अबस्था सामान्य)