रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१२ सुर्किमारेकी लक्ष्मी  डाँगी ओलीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै घर नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो ।  चौरजहारी नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ मा स्वीकृत बजेट कार्यक्रम अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नं. १२ मा सुर्किमारे सौर्य खानेपानी आयोजनाको निर्माण कार्य  सम्पन्न भएपछि उहाँ मात्र हैन सुर्कीमारेका स्थानिको दैनिकि फेरिएको छ  ।  उनि भन्छिन भन्नुभयो, ‘पशुचौपायालाई खुवाउने पानीको व्यवस्था भए पनि मान्छेका लागि गाह्रो थियो । अहिले घरमै खानेपानी धारा हुँदा सजिलो भएको छ ।

चौरजहारी नगरपालिकाले  मुख्यमन्त्री रोजगार कार्यक्रमबाट अन्तरगत रु १५००००० ( अक्षरुपी रु पन्ध्र लाख ) बजेट स्विकृत गरेको  थियो । आयोजनाको कुल लागत अनुमान रकम जनश्रमदान सहित रु १७३९३४२।०३ रहको थियो ।  एक घर एक धारा खानेपानी निर्माण गर्ने उदेश्यले प्राविधिक इस्टिमेट अनुसार  ५४ वटा पक्की धाराहरु सहित  २२ घनमिटरको  ट्याङ्की निर्माण गरिएको छ । यसका साथै प्रत्येक धारामा मिटर जडान गरी खानेपानी वितरणमा व्यवस्थापन गरिएको छ । उक्त योजना सम्पन्न भएपश्चात अहिले शुद्ध पानी आफ्नै घर आँगनबाट पिउन र त्यसको व्यवस्थित रुपमा उपभोग गर्न थालिएको सुर्किमारे सौर्य खानेपानी आयोजनाका सचिब रामलाल शर्माले जानकारी दिनुभयो  ।

पानी बोक्ने समस्याबाट मुक्त : – आफ्नो घर आँगनमै धारामा पानी आएपछि स्थानिय खुसि भएका छन ।  टाढाबाट २ घण्टा लगाएर पानी बोकेर ल्याउनु पर्थ्यो । त्यसपछि लिफ्ट खानेपानीको निर्माण भयो ।  पानीको सधै अभाव हुन्थ्यो । अब त्यो समस्याबाट मुक्त भएका छौ  पानी आयो खुसी लागेको छ स्थानिय भन्छन ।

कार्यक्रम र रोजगारी सृजना: मुख्यमन्त्री रोजगार कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य उदेश्य स्थानिय स्तरमा बेरोजगारमा सुचीकृत व्यक्तिहरुलाई स्थानिय विकास निर्माणका कार्यमा प्राथामिकताका आधारमा रोजगारमा संलग्न गराई उनीहरुको जीवनस्तरलाई माथि उठाउने रहेको छ । सोही अनुरुप चौरजहारी नगरपालिकाले रोजगार कार्यक्रम अन्तर्गत सबै वडाहरुमा योजना छनोट गरि कार्यान्वयनमा गरिरहेको छ । यस सुर्किमारे सौर्य खानेपानी योजनामा पनि बेरोजगारमा सुचिकृत व्यक्तिहरुलाई रोजगारमा संलग्न गराइएको थियो ।

रामचन्द्र ओलीको अध्यक्षतामा ७ सदस्यी समितिले गत पौष महिनाको २४ गतेबाट काम सुरु गरी चैत ०५ गतेभित्र सम्पन्न गर्नेगरी कार्यालय संग सम्झौता गरेको थियो । उक्त समितिले समयसिमा अगावै काम सम्पन्न गरेको हो ।