पश्चिम रुकुम चौरजहारी नगरपालिका ९ गुर्तालगाउँबाट अडिसनका लागि दाङ पुगेका डेभिड मल्ल नेपाल आइडल सिजन पाँचको पहिलो अडिसनमा दाङबाट छनोट भएका छन ।  नेपाल आइडल नेपाली हरुले सबैभन्दा बढी रुचाएको रियाली साे हो । अडिसनमा मल्लले आफ्नो प्रस्तुति सुनाउदै जजहरुको मन जितेका थिय । हेर्दा सामान्य देखिने मल्लको गायकीमा विषयमा जजहरुले खुलेरै प्रशंसा गरेका थिए ।

 

गायन प्रतियोगिताको चर्चीत तथा सबै भन्दा ठुलो ‘शो’ नेपाल आइडल सिजन ५ को पहिलो अडिसन शृखला अहिले एपी वान एचडि मार्फत प्रशारण भइरहेको छ । गएराति प्रशारण भएको ‘शो’ मा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका डेभिड मल्लले दाङमा दिएको अडिसन प्रशारण भएको थियो । उनि जजहरुको मन जित्दै अर्काे राउण्डकालागि छानिएका छन् । आइडलका जज कालीप्रशाद बास्कोटाले तीन जना जजमध्ये को राम्रो ? भन्दै प्रश्न गरेका थिए । उनले सबै राम्रो भएको भन्दै जवाफ दिएका थिए । जज कालीले प्रतियोगितामा तीन जना जज मध्ये एक जनाले गीत गाउन लाउने हो भने, कस्लाई रोज्नुहुन्छ भन्दा उनले काली सर,भन्दै रोजेका थिए ।

 

जजहरुले उनलाई गीत गाउन प्रेणा दिने र उनको डर हटाउन उनिसँग लामो संवाद गरेका हुन । हेर्दा सामान्य देखिने मल्लले पहिलो अडिसनमा स्वरसम्राट नारायण गोपालको गीत गाएका थिए । ‘गल्ती हजार हुन्छन्..’बोलको गीतलाई उनले निकै न्याय पुर्वक निभाएका थिए । जजहरुले यो गीत गाउन धेरै मेहनत गर्नुपर्ने भन्दै उनको गायकीलाई तारिफ गरेका थिए ।

 

संगीतको ज्ञान भएका गायक जस्तोगरि उनले आफ्नो पहिलो अडिसन दिए । उनले गाउँदै गर्दा जजहरुले प्रशंशा गरेका थिए । उनलाई जजहरुले जाजरकोटःभूकम्पका विषयमा जिज्ञासा राखेका थिए ।   न्यु बज्राचार्य, इन्दिरा जोशी र कालि प्रसाद वासकोटा  रियालिटी सो  जर्जका रुपमा रहेका छन