रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा जारी “तेस्रो चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” काे आज दोस्रो दिन कलाकार सुप्रिम मल्ल लगायतको प्रस्तुती राखिएको छ । सोमबार देखि सुरु भएको महोत्सवमा आज देखि कलाकारहरुको प्रस्तुति सुरु भएको हो ।

आज कलाकार मल्ल सहित स्थानीय प्रस्तुति राखिएको महोत्सव आयोजक समितिले जनाएको छ । मल्लले जाउ बाबू नभन आमा, धोकेबाज, फूलै फूल दिन्छौ कि, फापरको मिठो पठाईदेउ आमा, परान बाँकि छ लगायतका गितहरु गाउनुभएको थियो । उहाँले गित गाउँदा महोत्सव स्थलको माहोल तातिएको आयोजकको भनाई छ ।

सोमबार नगर प्रमुख पुष्प बादीले महोत्सवको उद्घाटन गर्नुभएको थियो । महोत्सवबाट बचत भएको रकमले चौरजहारीको मुख्य बजारका सार्वजनिक स्थानमा शौचालय निर्माण र खानेपानीको व्यवस्था गरिने उद्धेश्य आयोजक लिएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एलबी कटुवालले जानकारी दिनुभयो

महोत्सवमा भोलि गायक पि एन साईला लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

#मुलपाटिबाट