रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेका २ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुका लागि शौचालय निर्माणको काम सम्पन्न भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर ८ मा रहेको कालिका आधारभुत विद्यालय लयाँटा र आधारभुत विद्यालय गोईरीमा अध्ययनरत विद्यार्थिहरुको लागि शौचालय निर्माणको काम सम्पन्न हो ।

मानव विकास तथा सामुदायिक सेवा अन्र्तगत खानेपानी सरसफाई तथा जिविकोपार्जन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको आयोजकले वताएको छ ।

नगरपालिकाको समन्वयमा आधरभुत विद्यालय लयाँटामा ४ कोठे र आधारभुत विद्यालय गोईरीमा २ कोठे गरी रु १३ लाख ७५ हजार ५ सय ५६ रुपैयाको लागतमा ६ कोठे छात्र तथा छात्रा मैत्री शौचालय निर्माण गरीएको परियोजना अधिकृत आषिश आचार्यले जानकारी दिनुभयो ।
विद्यालयमा शौचालय निर्माण संगै सोही रकम मध्य वाट स्वच्छ पिउने पानीको लागि यूरोगार्ड समेत प्रदान गरीएको छ ।

शौचालय निर्माण कार्य सम्पन्न भए पश्च्यात कालिका आधारभुत विद्यालय लयाँटामा अध्ययनरत १२० छात्र र १०६ छात्रा,आधारभुत विद्यालय गोईरीमा अध्ययनरत ३३ जना छात्र र ३८ जना छात्रा गरी कुल २ सय ९७ जना विद्यार्थीहरुलाई शौचालय प्रयोगमा सहज हुने भएको छ ।
विहिवार विद्यालयले आयोजना गरेको एक औपचारिक कार्यक्रमका विच परियोजनाले निर्माण कार्य सम्पन्न भए संगै शौचालयका ताला र चावी विद्यालयलाई हस्तान्तरण समेत गरेको छ ।

वडा नम्वर ८ का वडा अध्यक्ष शसिराम वि.क.विद्यालय व्यवस्थापन समिति,विद्यालयका प्रधानध्यापक लाल वहादुर घर्ति, मातृ तथा वाल स्वास्थ्य परियोजनाका जनस्वास्थ्य अधिकृत गोपाल तिमेल्सिना, विद्यालयका शिक्षक विद्यार्थि तथा अविभावकहरुको रोहवरमा उक्त ताला तथा चावी हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा परियोजनाले गरेको कामको उच्च सम्मान गर्दै विद्यालयले प्रसांस पत्र समेत प्रदान गरेको कालिका आधारभुत विद्यालयका प्रधानध्यापक अमृत वोहराले जानकारी दिनुभयो ।

जिविको पार्जन परियोनाले व्यक्तिगत सरसफाई, सफा पिउने पानी, सुरक्षित खाना, महिनावारी स्वच्छता, स्वच्छकर चर्पिको प्रयोग, वातावरणिय सरसफाई, लगाएतको वारेमा चौरजहारी नगरपालिका भित्रका विभिन्न विद्यालयमा सचेतनामुलक कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ ।