कतारको लुसैल रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

फ्रान्सका ओस्मान डेम्बेलेले १८ यार्ड बक्समा एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।

३६ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० मा पुर्‍याए । एलेक्सिस म्याक एलिस्टरले निकालेको बलमा बक्सभित्रबाट डी मारियाले सहजै पोस्तको दिशा दिए ।

तर, अर्जेन्टिना अन्तिम १० मिनेट सम्हालिन नसक्दा फ्रान्स खेलमा फर्कियो । फ्रान्सले दुई मिनेटमा दुई गोल फर्कायो ।

८० औँ मिनेटमा काइलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले रान्डल कोलो मुअनीलाई फाउल गरेपछि फ्रान्सले पनाल्टी पाएको थियो जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् ।

यसको अर्को मिनेटमा नै एमबाप्पेले नै गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए । मार्कुस थुरमले निकालेको बलमा बक्सभित्र रहेका एमबाप्पेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए ।

अर्जेन्टिनाले ३६ वर्षयता विश्वकपको उपाधि जितेको छैन । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको छैन ।

यता फ्रान्सले भने पछिल्लो संस्करणको उपाधि जितेको थियो । फ्रान्सले उक्त विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ ले हराउदै विश्वकपको उपाधि जितेको थियो ।