प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा रुकुम पश्चिममा ५८.०४ प्रतिशत मत खसेको छ ।
यहाँका १ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । मतदानका लागि तोकिएको समय साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लामा रहेका १ लाख ४ हजार २८० मतदाता मध्ये ६० हजार ५२७ मत खसेको हो ।
मतदान गर्नेमा महिला ३१ हजार ५२७ र पुरुष २९ हजार मतदाता रहेका छन् ।









