रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ६ वटा विद्यालयमा अत्याधुनिक शौचालय निर्माण हुने भएको छ ।
मानव विकास तथा सामुदायिक सेवा अन्तरगत खानेपानी सरसफाई तथा जिविकोपार्जन प्रवद्र्धन परियोजनाको आर्थिक लगानीमा अत्याधुनिक भुकम्प प्रतिरोधात्मक शौचालय निर्माण हुने भएका हुन ।

नगरपालिकाको वडा नम्वर ६ मा रहेको जनकल्यान माध्यामिक विद्यालय खागल, आधारभुत विद्यालय घर्तिकाँडा, वडा नम्वर ७ को माध्यामिक विद्यालय कोटजहारी, र ज्ञानकुञ्ज आधारभुत विद्यालय कालापात्थरमा भुकम्प प्रधिरोधात्मक शौचालय निर्माण हुन लागेको हो ।

त्यस्तै वडा नम्वर १० मा रहेको ऐश्वर्या आधाभुत विद्यालय विसाउने चौर र आधारभुत विद्यालय मानकोटमा शौचालय तथा खानेपानी टयांकी निर्माण हुने ईन्जिनियर सुदिर विक्रम के.सी.ले जानकारी दिनुभयो ।


माध्यामिक तहका विद्यालयमा स्यानेटरी प्याड च्यान्जींग कोठा सहितको ५ कोठे र आधारभुत तहमा ४ कोठे शौचालय निर्माणको लागि आज विद्यालय र परियोजना विच संझौता पत्रमा हस्ताक्षेर गरिएको छ ।

माध्यामिक तहमा करिव साढे १२ लाख र आधारभुत तहमा करिव साढे १० लाख वरावरको लगानीमा शौचालय निर्माण हुने परियोजना प्रमुख आशिष आचार्यले जानकारी दिनुभयो ।
वालवालिका तथा अपांग मैत्री शौचालय निर्माणको लागि वसेको वैठकमा चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरीको अध्यक्षतामा रहेको थियो ।