शीतल क्याम्पस चौरजहारी रुकुम (पश्चिम)को संचालक समिति अध्यक्षमा खुम बहादुर खड्का चयन हुनु भएको छ। आज शीतल क्याम्पस चौरजहारीमा सम्पन्न क्याम्पस सभा सदस्यहरुको भेलाले खड्काको नेतृत्वमा १४ सदस्यिय संचालक समिति गठन गरेको हो।
क्याम्पस सभाले उपाध्यक्षमा नारायण खनाल, सदस्यमा रमेश लामिछाने, यदु राना, प्रेम सुनार, हुकुम बिसी, अर्जुन लामिछाने, रेशम केसी, शशिराम बिक र उमादेवी सुनार लाई चयन गरेको छ ।
यसै गरी सदस्यमा चौरजहारी नगरपालिका प्रतिनिधि, त्रि.बि प्रतिनिधि र स्वबियु प्रतिनिधि सदस्य तथा सदस्य सचिवमा क्याम्पस प्रमुख चन्द्र बहादुर चन्द चयन हुनुभएको छ । खड्का नेकपा माओवादी केन्द्र चौरजहारी नगर कमिटि उपाध्यक्ष समेत हुन ।

यता नेपाली काङ्ग्रेस र नेकपा एमालेले सभा बहिष्कार गरेको जनाएका छन । एक विज्ञप्ति जारी गर्दै उक्त दलहरुले आज भएको क्याम्पस सभा बहिष्कार गरेको बताएका हुन ।
निश्चित व्यक्ति र समूहको स्वार्थपूर्तिका लागी लागि पार्षद छ्नौट गरि क्याम्पस सभा गरेको नेपाली काङ्रेस चौरजहारी सभापति प्रेम बहादुर ओली र नेकपा एमाले चौरजहारी अध्यक्ष अतिराम ओलीद्वारा हस्ताक्षरित विज्ञप्ती आरोप लगाईएको छ ।









