रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ६ मा रहेको श्री जनकल्याण माध्यमिक विधालय खागलका लेखा सहायक प्रबिन महताराले आफ्नो जन्मदिनको अवसरमा गरिब,जेहेन्दार तथा लगनशील विधार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेका छन । गरिब,जेहेन्दार तथा लगनशील विधार्थीहरु मध्येबाट मा.वि खागलका ४ जना छात्रछात्राहरुलाई छनौट गरी सहयोग उपलब्ध उनले बताए ।
उनले कक्षा ६ की छात्रा दयालक्ष्मी वि.क, कक्षा ६ का छात्र गोपाल रोकाय, कक्षा ७ की छात्रा मनिशा बुढाथोकी र कक्षा ८ का छात्र लाल बहादुर महतारा लाई उक्त सहयोग प्रदान गरेको विद्यालउले जनाएको छ ।
फजुल खर्च गरी जन्मदिन मनाउनु भन्दा थोरै भए पनि गरिब तथा जेहेन्दार बिधार्थीहरुलाई सहयोग गरिएको र यस्ता बिधार्थीहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको लेखा सहायक महताराले मालिका न्युजलाई बताउनु भयो ।









