रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ६ र ७ मा सरोकारवालाहरु संग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव विकास तथा समुदायिक सेवाद्धारा खानेपानी,सरसफाई तथा जिविकोपार्जन पर्बद्नन परियोजनाको आयोजनामा चौरजहारी न.पा वडा नं ६ र ७ मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा बोल्दै परियोजना अधिकुत आशिष आचार्यले नगरका वडा नं ६ र ७ का ४ ओटा विद्यालय मा.वि कोटजहारी, आ.वि कालापाथर, मा.वि खागल र आ.वि घर्तिकाँडाका विद्यालयमा त्यहाको आवश्यक्ता अनुसार खानेपानी र शौचालयको ब्यवस्था गर्न सकिने र उक्त कार्यको लागी तत्कालनै काम सुरु गर्न सकिने आचार्यले बताएका छन् ।

त्यसै गरी सोहि वडाहरुमा १२ ओटा आमा समु्ह छनोट गरी उनिहरुलाई कृषि र पशुपालन सम्बन्धि तालिम संचालन गरी उहाँ हरुलाई कृषि र पशुपालनकोे लागी सहुलिएत कर्जा परियोजनाले उपलब्ध गराउने र त्यो रकमलाई सिट मनीको रुपमा समुहका सदस्यहरुले त्यहि समुह भित्र लगानी गरि जिविकोपार्जन गर्न सकिने आचार्यले बताएका छन् ।

कार्यक्रममा बोलदै वडा नं ६ र ७ का द्धोय वडाध्यक्षले मानब विकास तथा समुदायिक सेवा (एच.डि.सि.एस ) ले समुदायमा शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको क्षेत्रमा उल्ल्ोखनिय भुमिका खेलेको र अझैपनी यस्ता कार्यहरुले समुदायमा ठुलो टेवा पुग्ने भनी प्रशंसा गरेका थिए । त्यसै गरी कार्यक्रममा एच.डि.सि.एस आशा बाल विकास सेवा सिबिआर सहजकर्ता सन्देस जैसीले अपांगता सम्बन्धि बोल्दै उक्त कार्यक्रममा अपाँगता भएका ब्यक्ति, गरिब विपन्न बर्ग, एकल महिला, भएका ब्यक्तिहरुलाई कार्यक्रममा जोडेर उनिहरुको जिविकोपार्जन गरेर उनिहरुलाई आत्मा निर्भर गराउन सकिने जैसीले बताएका छन् ।

उक्त कार्यक्रममा वडा नं ६ र ७ का वडाध्यक्ष, जनाप्रतिनिधि, शिक्षक, बुद्धिजिवि, महिला स्वास्थ्य स्वंयमसेबिका, र आमा समुहका अध्यक्ष, सचिब, कोषाध्यक्षको सहभागिता रहेको थियो ।