रुकुम पश्चिममा दहमा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका ७ को ठुली दहमा पौडी खेल्ने क्रममा एकै घरका दाजुभाइको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुसीकोट नगरपालिका १ सल्लेका  भिमबहादुर थापा र प्रेम थापा रहेका छन् ।  साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी रुकुमका प्रहरी नायव उपरीक्षक धुर्व कुमार श्रेष्ठले जानकारी दिए ।