अभिनेत्री प्रियंका कार्कीले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउदैछिन् । सन्तानको आगमनपश्चात् आफ्नो जीवन सदाका लागि परिवर्तन हुने उनले बताउँदै आएकी छन् । गर्भअवस्था उत्सवको रुपमा मनाउनुपर्ने उनको धारण रहँदै आएको छ ।पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारण बारम्बार चर्चामा छाएकी छन् । हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्बिरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्बिरसम्म उनका चर्चा र आलोचनाको विषय बनेका छन् । तस्बिरका कारण उनी ट्रोलको निसाना र सामाजिक प्रयोगकर्ताको तारो समेत बनेकी छन् ।

अहिले पनि प्रियंकाले सामाजिक सञ्जालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् । तस्बिर उनको परिवारले आयोजना गरेको दही चिउरा कार्यक्रमको हो । जसमा उनलाई श्रीमान् आयुष्मान देशराज जोशीका साथ पहेँलो सारीमा देख्न सकिन्छ । तस्बिरमा उनलाई सारीमा देखेर सामाजिक प्रयोगकर्ताले आश्चर्य मानेका छन् ।

जसमा एक युजर्सले लेखेका छन्, ‘बच्चा बुबा–आमालाई माया गर्ने जन्मियोस्, यतिको तहल्का पिट्दा अलि फरक जन्मियोस् ।’ अर्का अर्जुन थापा नामका युजर्सले उनलाई सारीमा कति सुहाएको बताउँदा मोहन सङ्ग्राम नामका व्यक्तिले पाकेको केरा जस्तो तस्बिर भनेर उडाएका छन् ।

रविला पौडेल नामक एक युजर्सले लेखका छन्, ‘मेरो आँखा धमिलो भएछ क्या हो । दिदीले सारी लाएको जस्तो देख्छु त । भोली जान्छु आँखा जचाउँन ।’ त्यस्तै अर्जुन मगर लेख्छन्, ‘कलियुगका मुना र मदन, भित्री कस्तो छ थाहा भएन, तर बाहिरी क्रियाकलाप हेर्दा चाहीँ जोडीको डाहा लागेर आउँछ ।’ तुलसी पुरीले भने प्रियंकाको बच्चा जन्मिएपछि रमिता सकिने बताएका छन् । अर्काे अधिकारी राजेन नामक युजर्सले लेखेका छन्, ‘बल्ल हेर्दा पनि मज्जा आयो । यस्तो पहिरनमा कति राम्रो देखिएको दुबै जना । उनले अगाडि लेखेका छन् ‘नाङ्गिएर कोही मोडन हुँदैन ।’ प्रियंकाको यो पोष्टमा थुप्रैले प्रतिक्रिया दिएका छन् ।