गायक, संगीतकार हुँदै निर्देशक बनेका पलाश मुच्छलले फिल्म बनाउने भएका छन्।

अर्ध नामको यो फिल्ममा राजपाल यादव मुख्य भूमिकामा रहनेछन् ।

यो फिल्ममा टेलिभिजनबाट चर्चित बनेकी अभिनेत्री रुबिना दिलैक र हितेन तेजवानी पनि प्रमुख भूमिकामा हुनेछन् ।

रुबिना बिग बोसकी विजेता समेत हुन् ।

रुबिनाले सिरियल ‘शक्ति’मा किन्नर बहु भूमिकाबाट चर्चा पाएकी थिइन् । यो रुबिनाको बलिउड डेब्यू फिल्म हुनेछ । फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु हुँदैछ ।

यो फिल्मका लागि राजपाल यादवले १.२५ करोड रुपैयाँ पारिश्रमिक लिनेछन्। राजपालले यो फिल्मको मुख्य भूमिका आफूले वर्षौंसम्म चाहेको भूमिकाजस्तै रहेको बताएका छन् ।
उनले आफू यो भूमिका लाई लिएर निकै उत्साहित भएको बताउँदै दर्शकलाई पनि यो फिल्म मन पर्ने विश्वास व्यक्त गरे । निर्देशक पलाशका अनुसार रुबिना पनि यो फिल्मलाई लिएर उत्साहित छिन् ।

बिग बोसकी विजेता रहि सकेकी रुबिनाको पनि यो फिल्ममा महत्वपूर्ण भूमिका रहने बताइएको छ । गायक, संगीतकार हुँदै निर्देशक बनेका पलाश मुच्छलले अर्ध नामको फिल्म बनाउन लागेका हुन ।