अफगानिस्तानको काबुल शहरमा तालिबानले जब कब्जा जमायो, सोशल मिडियामा त्यहाँको अराजक स्थितिसँग जोडिएको तस्वीर भाइरल भयो ।

यस क्रममा केही पुराना तस्वीर पनि सार्वजनिक भए । त्यसमध्ये एक थियो, काबुलको सडकमा मिनीस्कर्ट लगाएर निस्फिक्री हिँडिरहेका महिलाको तस्वीर पनि

यो तस्वीर सन् १९७० को दशकको भएको बताइन्छ । यो पोस्ट गर्नेले संक्षेपमा लेखेका छन्, अधिकांश मान्छे मुस्लिम परम्परा र रीतिरिवाजबाट घेरिएका छन् । तर, एक समय यस्तो पनि थिजो कि महिलाहरुलाई आफ्नो मर्जी अनुसार जिन्दगी जिउने अधिकार थियो ।

कतिलाई सन् १९९६ देखि २००१ सम्म तालिबान शासनको ती दिनहरु पनि याद छ, जतिबेला पुरुषको लागि दाह्री पाल्न र महिलाका लागि बुर्का लगाउनु अनिवार्य थियो ।

तालिबानले टेलिभिजन, संगीत र सिनेमामाथि पनि प्रतिबन्ध लगाएको थियो । त्यसैगरी १० बर्ष वा त्यो भन्दा बढी उमेरकी किशोरीलाई विद्यालय जान बन्देज थियो ।

यतिबेला फेरी तालिबानले सत्ताको बागडोर आफ्नो हातमा लिएको छ । यससँगै मान्छेमा संशय पैदा भएको छ, के तालिबानले विगतमा जस्तै व्यवहार गर्नेछन् ? यदि त्यसो भयो भने महिलाको स्थिती के होला ?

तालिबान शासनका क्रममा महिलामाथि हुने सामाजिक, मानसिक र शारीरिक ज्यादतिको कथा सार्वजनिक भइरहेका छन् । तर, के महिलाको स्थिती कुनैबेला त्यस्तै नै थियो त जस्तो कि पुरानो तस्वीर पोस्ट गरेर त्यसबारे टिप्पणी गरिएको छ ।

७० को दशकको तस्वीर

अमेरिकाको क्यालिफोर्नियामा बस्ने भारतिय मूल कि डाक्टर हुमा अहमद घोषले अफगानिस्तानको महिलामाथि शोधपत्र लेखिसकेकी छिन् । यस क्रममा उनी सन् २००३ देखि २०१३ सम्म निरन्तर अफगानिस्तान गइरहन्थिन् ।

सन डिएगो स्टेट युतिभर्सिटीस्थित वुमन स्टडिज विभागका प्रोफेसर समेत रहेकी हुमा बताउँछिन्, ‘मेरो पहिलो यात्रा काबुल थियो । त्यसबेला म दिल्लीको जेएनयुमा पढिरहेकी थिएँ ।’ त्यसबेला उनले देखेको काबुल एकदमै सुन्दर शहर थियो र त्यहाँ पश्चिमा देश जस्तो शैली देखिन्थ्यो ।

‘त्यहाँ धनी महिला पुरुष पश्चिमा पहिरनमै ठाँटिएका देखिन्थे । उनीहरु पढेलेखेका थिए । काबुलको केही भेगमा पश्चिमीकरणको पुरा झलक देखिन्थ्यो’ उनी भन्छिन्, ‘जब हामी काबुलबाट बाहिर आयौं जस्तो कि बामियान, गजनी त्यहाँ कट्टरपन्थ त देखिएन तर महिलाहरु पूर्ण रुपमा आफुलाई ढाकेका हुन्थे । उनको टाउकोमा स्कार्फ हुन्थ्यो । त्यहाँको समाज पारम्पारिक थियो र गरिबीको झल्को पनि देखिन्थ्यो ।’

उनले काबुलमा पहिलो पटक इन्टरनेशनल रिवल्भिङ रेष्टुरेन्टमा बसेर पास्ता खाएकी थिइन् । भारतमा जुन विदेशी ब्रान्डी पाइदैनथ्यो, त्यो उनले काबुलमा पाएकी थिइन् । उनले काबुलमा लिवाइसको जिन्स खरिद गरेकी थिइन् । आफ्ना साथीका लागि कस्मेटिक पनि ल्याइदिएकी थिइन् ।

समाजमा विभाजन

अब्जर्वर रिसर्च फाउन्डेसनसँग जोडिएको कबीर तनेज भन्छिन्, ‘७० को दशकमा अफगानिस्तानमा कम्युनिस्ट सरकार थियो  त्यसबेला त्यहाँ पूर्ण स्वतन्त्रता थियो । त्यसबेला काबुलको दृश्यहरुले यस्तो झल्को दिन्थ्यो कि तपाईं लन्डन वा पेरिसको पुरानो तस्वीर हेरिरहनुभएको छ ।’

तर, अफगानिस्तानको अन्य क्षेत्रमा यस्तो देखिदैनथ्यो ।

काबुल शहरमा बस्नेहरु पैसा कमाउथे, उनीहरु आधुनिक थिए । त्यहाँ पुरुषलाई जुन अधिकार हुन्थ्यो महिलालाई पनि हुन्थ्यो । तर, यो संभ्रान्त वर्गका लागि मात्र थियो ।

‘ग्रामिण क्षेत्रमा जातिय वा कबायली समूह बस्थे । तालिबान सोच त्यसबेला पनि थियो । फरक के मात्र थियो भने त्यस्तो सोच आउदैनथ्यो, जुन अहिले आउँछ ।’

इतिहासमा महिलाको अधिकार

अफगानिस्तानमा महिलको स्थिती बुझ्नका लागि यदि इतिहासतर्फ फर्कने हो भने सन् १८८० देखि १९०१ सम्म त्यहाँ महिलाको जिन्दगी सुधार्नका लागि एकदमै धेरै काम भएको छ । यतिबेला अब्दुर रहमान खानले सासन चलाउथे ।

उनले रुढिबादी कानुन परिवर्तन गरे । जसरी पतिको मृत्युपछि उसका भाईसँग महिलालाई विवाह गर्ने परम्परा तोडे । विवाहको उमेर बढाइयो र केही विशेष परिस्थितीमा महिललो सम्बन्ध विच्छेदसम् मगर्न पाउने अधिकार दिलाइयो ।

महिलालाई पिता र पतिलाई सम्पतिको हक पनि दिइयो । अब्दुर रहमानको मृत्युपछि उनको छोरो आमिर हबिबुल्लाह खानले सत्ता सम्हाले । र, उनले आफ्ना पिताले उठाएको प्रतगतिशिल कदमलाई अगाडि बढाए ।

हमा अहमदले आफ्नो सोधपत्र ‘अ हिस्ट्री वुमन इन अफगानिस्तान ः लेसन लन्र्ड फर फ्युचर और यस्टर्डे एन्ड टुमारो ? अफगान वुमन’ मा पनि यसबारे लेखेकी छिन् ।

उनले शोधमा लेखेकी छिन् आमिर हबीबुलहले विवाहमा गैर जरुरी खर्चमा रोक लगाए र उनका पत्नीलाई पहिलो पटक कुनै नाकाब बिना नै पश्चिमी लुगामा ठाँटिन दिइयो ।

उनले पहिलो हबीबिया कलेजको सुरु गरेका थिए, जसमा भारत, टर्की र जर्मनीका शिक्षक बोलाएका थिए । साथै अस्पताल पनि खोलेका थिए ।

उनले अफगान निर्वासितलाई फर्काउने बाटो पनि खोले । यसमा प्रगतिशिल विचारक महमूत बेग तारजीको नाम महत्वपूर्ण छ ।

सीरिया र टर्कीमा पढिसकेका तारजी इस्लामिक धर्मशास्त्रलाई आधुनिकतासँग जोड्नमा सहमत थिए । यसका लागि उनले महिलाको समान अधिकारमाथि जोड दिए । पुरा नागरिकताको कुरा गरे, शिक्षित महिलालाई भविष्यका लागि सम्पति हो भनी बुझाए ।

हबीबुलहको हत्यापछि उनका छोरा अमानुल्लाहले कबायली संस्कृतिको कानुन अनुरुप महिलाको स्वतन्त्रताको मुद्दा उठाए ।

उनले सार्वजनिक रुपमा बहुविवाह प्रथाको विरोध गरे । युवतीहरुलाई शिक्षा दिनुपर्छ भन्ने कुरामा  जोड गरे । उनले सार्वजनिक स्थानमा भनेका थिए, इस्लाम महिलाले आफ्नो शरीर ढाक्न र नकाब लगाउन जरुरी छैन ।

तर, यस विचार वा कदममाथि विरोध पनि भइरहेको थियो ।

अफगानिस्तानका ग्रामिण क्षेत्रमा रहने रुढिवादी मान्छेहरु मान्थे कि यो सुधार उनीहरुका लागि बढी पश्चिमी शैलीको थियो । काबुलमा महिलालाई दिइएको स्वतन्त्रता विरुद्ध कबायली नेताहरुले ग्रामिण क्षेत्रमा विरोध गर्न सुरु गरे ।

काबुल बाहिर बस्ने महिलाहरुलाई आधुनिकरणको यो लहरले कतिपनि छोएको थिएन ।

 

बिबिसीबाट