आगामी आइतबार लन्डनस्थित केम्प्टनपार्क रेसकोर्समा १२ औं नेपाली मेलाको आयोजना हुने भएको छ । तमुधिं यूकेको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा हुन लागेको नेपाली मेलामा गैर आवासीय नेपाली संघ यूकेको पनि सहभागिता रहेको छ । सन् २००९ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली मेला गतवर्ष भने कोरोना महामारीका कारण स्थगित भएको थियो ।









