जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकप्रसाद अधिकारीले २१ जना मृत फेला पारिएको जानकारी दिए । उनले जिवित यात्रु भेटाउने सम्भावना कम रहेको पनि बताए ।
जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको बताइएको छ । यती एयरलाइन्सले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।
काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको हो ।









