बाम लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का साझा उम्मेदवार राजकुमार शर्माले रुकुमलाई कर्णाली प्रदेशकै समृद्ध जिल्ला बनाउनु पर्ने बताउनु भयो।
नयाँ योजना, विचार र सोच जरुरत रहेकोले अर्थमन्त्री जनार्दन शर्माले कोरेको समृद्धिको रेखा पुरा गर्न सबै लागिपर्ने उल्लेख गर्नुभयो ।
जनता मालिक र जनप्रतिनिधि सेवक रहेको बताउदै उहाँले जनताको काम, सेवाको बारेमा सेवकले हेक्का राख्नुपर्ने उल्लेख गर्नुभयो । बाम लोकतान्त्रिक गठबन्धन रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा आयोजना चुवाबी सभामा
उम्मेदवार शर्माले रुकुममा माओवादी केन्द्रले सुरुवात गरेको आर्थिक समृद्धि र समाजिक रुपान्तरणको अभियान अब बामलोकतान्त्रिक गठबन्धनको अभियान हुन पुगेको जनाउनु भयो ।
बाम लोकतान्त्रिक गठबन्धनद्धारा आयोजित चुनावी सभालाई जनता समाजवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष प्रेम बोहरा, नेकपा समाजवादीका केन्द्रिय सदस्य देवी ओली, समाजवादीका समानुपातिक तर्फका उम्मेदवार माधव गौतम, नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार प्रेमकुमारी सुनार, बाम गठबन्धन दलको तर्फका प्रदेश निवौचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवारद्वय महेन्द्र केसी र राजकुमार शर्मा, नेपाली काँग्रेसका नेता धुव पुरी, नेकपा माओवादी केन्द्रका नेता बसन्त कुमार शर्मा, नेपाली काँग्रेसका नेता कृष्णबहादुर रोकाय र गोपालजिजंग शाह र अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले सम्बोधन गर्नुभएको थियो ।









