रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज वाईसीएलले प्रर्दशन गरेको छ । वाईसीएल चौरजहारी नगरपालिकाका ईन्जार्च लाल बहादुर बिस्टको नेत्तृत्वमा प्रर्दशन गरेको हो ।
गत भाद्र २० गते वाईसीएल र कांगेशका कार्यकर्ता विच समान्य विवादको विषयलाई लिएर नेपाली काग्रेशले राजनितिक झुटा मुद्धा बनाएको भन्दै त्यसको प्रतिरोध गर्ने वाईसीएलले चेतवानी दिएको छ।  वाईसीएल चौरजहारी नगर कमिटि संयोजक एल वि कटुवाल र कांग्रेशका कार्यकर्ता दिपेश वली विच समान्य विवाद हुदा हातपात भएको थियो ।
नगर संयोजक कटुवाल लाई घाईते ओलीले जातीय बिभेद सम्वन्धि गाली ब्यजति गरेको हुनाले उक्त घटना घटेको वाईसीएल चौरजहारी नगर कमिटीले दाबी गरेको छ ।
काङ्ग्रेसले भने बिनाकारण आफ्ना कार्यकर्ता कुटपिट गरेको भन्दै कार्वाहीको माग गरेको छ । वाईसीएलले निकालेको र्याली बजारपरिक्रमा गरिकोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै चौरजहारी नगरपालिका नगर कार्यपालिकाका सदस्य सुदान स्वर्णकारले घटनाको निष्पक्ष छानवीन गर्न प्रहरी प्रशासन समक्ष माग गर्नुभयो घटनालाई लिएर नेपाली काँग्रेस चौरजहारीले हिजो चौरजहारी बन्द गराएको थियो ।

यसै बिच दलित मुक्तिमोर्चाले लाल बहादुर कटुवाल र बिरेन्द्र सोनिलाई काग्रेश कार्यकर्ता दिपेश ओलिले सामाजिक संजालमा जातीय विभेद सम्वधी गालिगलौज गरेको र काग्रेशले देखाएको व्यबहार प्रती आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनालाई उचालेर आम दलितसमुदाय माथि आच आउने गरि लेखिएका शब्द प्रती खेदप्रकट गर्दछौ बिज्ञप्तिमा भनिएको छ । मोर्चाका अध्यक्ष लोकेन्द्र परियारद्वारा हस्ताक्षरित बिज्ञप्तिमा अगाडि भनिएको छ निज ओलिलाई बिधुतिय कारोबार ऐन तथा जातीय छुवाछूत ऐन २०६८ अनुसार कार्वाही गर्न स्थानीय प्रशासन संग माग गर्दछौ