रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको आधारभुत विद्यालय घर्तिकाँडाले २९ वर्ष पछि पक्की भवन पाएको छ । २०४९ सालमा स्थापना भएको विद्यालयले चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा ८ कोठे अत्याधुनिक पक्की भवन पाएको हो । नगरको वडानम्वर ६ घर्तिकाँडामा अवस्थित नवनिर्मित भवनको आईतवार नगर प्रमुख विशाल शर्माले एक औपचारिक कार्यक्रमका विच उदघाटन गर्नुभएको छ ।नगरपालिकाले लिएको टिनका छानामुक्त विद्यालय भवन निर्माण अभियान अन्तरगत विद्यालयको ८ कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछि प्रमुख शर्माले उदघाटन गर्नुभएको हो । नगरपालिका वाट विनियोजन गरिएको रु ५७ लाखको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानध्यापक रुद्रलाल गिरीले जानकारी दिनुभयो ।
टिनका छाना र ढुंगा वाट निर्मित भवनमा अध्यापन गर्दाको कठिनाईलाई स्मरण गर्दै विद्यालयका प्रधानध्यापक गिरीले नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको लगानी प्रति प्रसंसा गर्नुभयो । उदघाटन कार्यक्रमलाई संवोधन गर्दै प्रमुख शर्माले विद्यालय व्यवस्थापन समिति विद्यालयका शिक्षक कर्मचारी र समुदायका स्थानीय वासीहरुले थप जग्गा उपलव्ध गराएमा तत्काल नगरपालिकाले खेलैदान निर्माणको कामलाई अगाडी वढाउने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रमुख शर्माले कृषकहरुको आयआर्जनलाई थप सुदृढ गर्नको लागि स्थानीय सरकारको समन्वयमा राष्ट्रिय वाणिज्य वैंक वाट ५ जनाको समुह वरावर रु १० लाख दिने संझौता अनुसार समुहहरुले आवाश्यक कागजात पुरागरी वैंक वाट उक्त रकम निकासा गरेर व्यवसाय संग जोडिन निर्देशन दिनुभयो । कृषकहरुको माग अनुसार पशुपालन, तरकारीखेती लगाएतका क्षेत्रमा उक्त रकम लागानीगरी आम्दानी वढाउन सकिने भन्दै नगरसरकारले राष्ट्रिय वाणिज्य वैंक संग उक्त संझौता गरेको वताउनुभयो ।
नगरपालिकाले दुध, पशुपालन, वोटविरुवा, लगाएतका उत्पादनमा जोडिने किसानहरुका लागि थप अनुदानको समेत व्यवस्था गरेको जानकारी गराउनुभयो । कार्यक्रममा वडा नम्वर ६ का वडाअध्यक्ष जयलाल महतारा, कार्यपालिका सदस्य लोकेन्द्र परियार, शिक्षक वुद्दिजिवी विद्यार्थी अविभावक लगाएतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।









