रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ का चन्द्र बहादुर के.सि ले राजनैतिक रुपले २०४६ साल देखि आफु नेकपा माओवादी केन्द्रमा नै रहेको बताउनु भएको छ । सामाजिक सञ्जालमा अन्य पार्टिमा लागेको भनि अनर्गल प्रचार गरिएको भन्दै विज्ञप्ति मार्फत खण्डन गर्नुभएको छ ।
उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केहि व्यक्तिले आफ्नु बारेमा गलत प्रचार गरेको भन्दै चरित्र हत्या गरि टिकाटिप्पणि गरेको प्रति घोर आपती रहेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
आफू पुर्ण रुपमा पहिलेदेखि सर्बहारा बर्ग जनताको हितको लागि अघि सर्ने पाटी ने.क.पा माओवादी केन्द्रमा नै काम गर्दै आएको स्पष्ट पार्दै आफ्नु बारेमा कसैले नेकपा एमालेमा रहेको भनेर अनावश्यक भ्रम फैलाएको र भम्रपुर्ण प्रचार नगर्न अनुरोध गर्दछु विज्ञप्तिमा भनिएको छ ।










