रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३  स्यालखोला स्थित जनज्योति आधारभुत विद्यालयको पक्की भवनको  उद्धघाटन गरीएको छ ।

एक औपचारिक कार्यक्रमका विच चौरजहारी नगरपालिकाका  नगर प्रमुख विशाल शर्माले उक्त भवन उद्धघाटन  गर्नु भएको हो ।                           कार्यक्रममा बोल्दै  नगरप्रमुख शर्माले  भुमिहिन सुकुम्बासीको लागि उपयुक्त ठाउँ उपलब्ध गराउन नगरपालिका तयार रहेको बताउनु भयो । कृषकलाई कृषि खेतितर्फ आकर्षक बढाउन नगरपालिकाले निति कार्यक्रम तयार गरिलागू समेत गरेको बताउनु भयो । चौरजहारी नगरपालिका भित्रका सबै सामुदायिक  बिध्यालयहरु टिनका छानामुक्त बनाउने अभियान अन्तरगत  बिध्यालयमा पक्की भवन निर्माण गरिएको बताउनु भयो ।
आर्थिक वर्ष २०७७।०७८ का लागि नगरपालिका वाट उक्त भवन निर्माण गरिएको विद्यालयका प्रधानअध्यापक टोपबहादुर केसिले जानकारी दिनुभयो ।विद्यालयको १२ कोठे भवन विद्यालयको कम्पाउण्ड, तारवार सहित रु ५२ लाखमा निर्माण कार्य सम्पन्न भएको विद्यालय प्रशासनले वताएको छ ।
कार्यक्रममा चौरजहारी नगरपालिकाका उप प्रमुख राधा रोका वडा अध्यक्ष लाल बहादुर बुढाथोकी, सामाजिक बिकास समिती संयोजक तथा सदस्य सपना बिस्ट कार्की, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष अर्जुन कुमाल नेपाली, काङ्ग्रेसका प्रतिनिधि खड्क बहादुर बटाला लगाएतका सहभागीता रहेको थियो । कार्यक्रमको संचालन बिध्यालयका शिक्षक तिलक रेग्मीले गर्नुभएको थियो ।