चोरी भएको मोटरसाइकलको पार्टपुर्जा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाका आधारमा चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नलगाड नगरपालिका–२ छेप्काका नवराज पुन र सैफुल आलामलाई चोरी भएको मोटरसाईकलको पार्टपुर्जा सहित प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई पुनकै घर नजिकैबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ बाट  कर्णाली प्रदेश ०२००१ प ६२२२ नम्बरको  २२० सि.सी.को कालो रंगको मोटरसाईकल घरबाहिर पार्किङ गरेको अबस्थामा चोरी गरि  पार्टपुर्जा निकालेर लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले फेलापारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा चलान गरिएको छ  ।