अर्थतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी सरकारले श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउन लागेको संसद सचिवालय स्रोतले जनएको छ ।
उनले मन्त्री नियुक्त भएलगत्तैको पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने जानकारी दिन यस्तो श्वेतपत्र जारी गरिन्छ ।









