चौरजहारी नगरपालिका नगर प्रमुख विशाल शर्माले नगरले लिएको आत्मनिर्भर एकतावद्ध र संमृद्ध नगरको निर्माणः चौरजहारी नगरबासीको पहिचान भन्ने मुलनारा अनुसार नै नगरले पहिलो प्राथामिकतामा शिक्षालाई राखेर काम गरिरहेको बताउनु भएको छ ।

कोरोना महामारीका विच २०७६ को चैत्रमा नगरपालिकाले टेण्डर आह्वान गरेको शीतल माध्यामिक विद्यालय चौरजहारीको निमार्ण कार्य सम्पन्‍न पछि आज ३४ कोठे आधुनिक भवनको एक कार्यक्रमका विच उदघाटन गर्दै नगर प्रमुख शर्माले यस्तो बताउनु भएको हो ।

 

मजवुद भौतिक संरचना, दरवन्दी अनुसार शिक्षक पदपुर्ति गरिएको प्रसंग उल्लेख गर्दै शिक्षा क्षेत्रमा निमार्ण गरिएका भवनमा अब स्मार्ट वोर्ड स्थापनाको लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नभयो । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पुर्वाधार निर्माण, सडक, विधुत, एम्वुलेन्स सेवा, पिसिआर स्थापना, अक्सिजन पलान्ट स्थापना लगाएतका प्रत्यक्ष जनसरोकारसंग जोडिका क्षेत्रमा नगरले उल्लेख्य प्रगति हाँसिल गरेको स्मरण गर्दै नगर प्रमुख शर्माले विकास विरोधिहरुले भएका कामलाई पनि स्वीकार गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिका सधै तत्पर रहेको उल्लेख गर्दै नगरले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकता दिएको बताउदै, शिक्षक, ब्यवस्थापन समिति, अभिभावकले शैक्षिक तथा भौतिक गुणस्तरमा ध्यान दिन जरुरी भएको बताउनु भयो ।

शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समिति सबैको सहकार्य र ऐक्यवद्धता हुनु आवश्यक रहेको नगर प्रमुख शर्माको भनाई थियो। विद्यालय स्थापना काल देखि हाल सम्म विद्यालय व्यवस्थापन समितिमा रहेर योगदान पुर्याउने पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य तथा शिक्षकहरुलाई विद्यालयको प्रगतिका लागि खेलेको भुमिकाको प्रमुख शर्माले प्रसंसा गर्नुभयो ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम वहादुर के.सी.ले विद्यालयमा शिक्षाको गुणस्तर वढाउनको लागि शिक्षक कर्मचारीहरुले पनि आफना छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गर्नुभयो । नगरपालिकाले थालेको टिनका छानामुक्त विधालय बनाउने अभियानमा हातेमलो गर्ने सबैलाई धन्यबाद दिदै प्रमुख प्रशासकीय अधिकृत के.सि.ले विद्यालयलाई सबै पक्षको सहयोगले मात्रै परिणाममुखी काम गर्न सकिने बताउनु भयो ।

नगरपालिकामा रहेका वालविकास सहित ४३ वटा सामुदायिक विद्यालयमा टिनका छानामुक्त विद्यालय भवन निर्माण अभियानलाई तिव्रता दिएको नगरपालिकामा अब केहि विध्यालय बाहेका सबैमा पक्की भवन निर्माण गरीएको हो ।


भवन उदघाटन कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम वहादुर वुढा, पुर्व सदस्य जनक आचार्य, शीतल क्याम्पस प्रमुख चन्द्र वहादुर चन्द, विद्यालयका प्राचार्य यदु राना लगाएतले आफ्नो भनाई राख्‍नु भएको थियो । अगुवा शिक्षक प्रकाश विक्रम शाहको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीर वहादुर रानाले गर्नु भएको थियो भने कार्यक्मको सञ्चालन विद्यालयका शिक्षक डिल वहादुर वलीले गर्नुभएको थियो ।