नेपाल कम्नियुष्ट पार्टि (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को नगर भेला, प्रशिक्षण तथा बैठक आज आइतबार चौरजहारीमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले यूवाहरु वायु जस्तै हुनु पर्ने र अहिलेको बैज्ञानिकप्राविधिक दक्षतासहित अगाडि बढ्न आग्रह गर्नुभयो ।युवाहरु अब उत्पादनमा लाग्न आग्रह गर्दै आत्मनिर्भर सहितको योजना बनाउनु पर्नेमा जोडदिनु भयो । युवाले उत्पादन गरेका बस्तुहरुको नगर सरकारले व्यवस्थापनका साथै बजारीकरणको जिम्मालिने समेत बताउनु भयो ।अब कोहि युवाहरु विदेशिनु नपर्ने भन्दै नगर प्रमुख शर्माले उत्पादनमुलक व्यवसाय सञ्चालन गरी स्वदेशमै रोजगारी श्रीजना गर्नका लागि नगरपालिकाले ऋीण उपलब्ध गराउने र त्यसको लागि व्याज समेत नगरपालिकाले तिर्ने समेत बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा चौरजहारी नगरपालिकाका ईन्चार्ज पुष्प बादिले अस्तव्यस्त भएका जनबर्गिय संगठनहरु व्यवस्थित हुदै गएको भन्दै पार्टिले सञ्चालन गरेको सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको अभियानलाई कार्यान्वयन गर्न युवाहरु अग्रपंतिमा खटिन निर्देशन दिनुभयो । कार्यक्रममा बोल्दै वाइसिएल नेपालका केन्दिय सदस्य शैलेस शर्माले वाइसिएल फेरी ब्युझिएको बताउदै सामाजिक रुपान्तरण र उत्पादनका योजनाहरु विशेष अभियानका साथ सञ्चालन गरिने बताउनु भयो ।

 

 कार्यक्रममा नेकपा माओबादी केन्द्र चौरजहारी नगरकमिटि अध्यक्ष श्रीकृष्ण शर्मा,सचिव विर बहादुर राना लगाएत वाइसिएलका जिल्ला कमिटि सदस्यहरु रामबहादुर विष्ट, विवश कार्की, धनबहादुर घर्ति, विरेन्द सोनि अमर केसी लगाएकाको सहभागिता रहेको थियो । एल वि कटुवालको अध्यक्षतामा भएको भेलाले ५१ सदस्य रहेको सम्मेलन आयोजक समिति गठन गरेको छ । जस्को संयोजकमा एल वि कटुवाल र सहसंयोजकमा रेशम केसी रहेका छन ।