चौरजहारी नगरपालिकाले कर्मचारीहरुलाई पूर्वाग्रही ढंगबाट हटाएको भन्दै तिन संघ/ संगठनले बिरोध जनाएका छन ।  यसरी विराेध गर्नेमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघ चौरजहारी नगर समिति रहेका छन ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लामो समयदेखि करार पदमा कार्यरत कर्मचारीहरुलाई पूर्वाग्रही ढंगबाट हटाएको भन्दै उनिहरुले  एक विज्ञप्ती मार्फत  बिरोध जनाएका हुन् ।

लामो समयदेखि करार सेवामा कार्यरत सात जना कर्मचारीहरुलाई मात्र बिना जानकारी, पूर्वाग्राही र बिना कारण सेवाबाट हटाएको भन्दै सार्वजनिक प्रशासनमा पजनी प्रथाको आभास दिलाएकोले यस प्रकारको काम तत्काल बन्द गर्न ध्यानाकर्षण गराईएको छ विज्ञप्ती  भनिएको छ  । रिक्‍त दरबन्दीमा स्थायी पदपूर्ति नहुँदा कर्मचारि विहिन अवस्थामा रहेको नगरपालिकामा सेवा प्रवाहको लागि विधि सम्मत करार सम्झौता गरेर स्थानीय तहको गरिमा उचो बनाउन अहोरात्र खटिएका कर्मचारीहरु प्रति अन्याय, अपमान र विभेद गरिएको भन्दै वार्ता मार्फत समस्या समाधान गर्न अनुरोध समेत गरिएको छ ।

विज्ञप्तीमा कर्मचारीहरुको करार सम्झौता नगरी काममा लगाएको तर सात जना करार कर्मचारीहरुको मात्र साउन ९ गतेदेखि करार सम्झौता नगरेको भन्दै अकस्मात सूचना जारी भएको, कर्मचारीहरुको डिजिटल हाजिरी नलाग्ने गरी सिस्टममा सेट गरेको भन्दै आपत्ति प्रकट गरिएको छ ।  नेपाल राष्ट्रिय कर्मचारी संगठनका चौरजहारी नगर समिति सचिव देवेन्द्र रोकाय , अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारी नगर समिति अध्यक्ष प्रेम महर र अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघ चौरजहारी नगर समिति अध्यक्ष प्रवेश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा  हटाईएका कर्मचारीहरुलाई तत्काल काममा फर्कन उचित वातावरण निर्माण गर्नुपर्ने र पेशाकर्मीहरुको आवाजको वेवास्ता गरिए मुकदर्शक नबस्‍ने समेत उल्लेख गरिएको छ ।

 

chrj-karmachari-1753634098.jpgममा कार्यरत मनोपरामर्शकर्ताहरु खिम बहादुर महतारा र अनिता शर्मा, द्वन्द्व पीडित स्वयंसेवक पदमा कार्यरत भद्रशिला बटाला, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत प्राविधिक सहयाक प्रबिण थापा र रोजगार सहायक खडक ढकाल रहनुभएको छ ।