अमेरिकी राष्ट्रपति जो वाइडनेले डेमोक्रेटिक पार्टीका नेताहरूलाई फोन गरेर आफूले राष्ट्रपति पदको उमेदवारी नछोड्ने बताएका छन् । उनी बुधबार उपराष्ट्रपति कमला ह्यारिससँग ह्वाइटहाउसमा क्लोज डुअर लन्चमा सामेल थिए । उनले आफ्नो क्याम्पेनमा संलग्न डेमोक्रेटिक नेता तथा कार्यकतालाई फोन गरेर  उमेदवारी नछोड्ने बताएका हुन् ।  उनले उपराष्ट्रपति ह्यारिसलाई उमेदवारी छोड्ने अनुमान गरिँदै आएको थियो ।

उक्त अवसरमा ह्यारिसले पनि राष्ट्रपतिमा बाइडेनलाई आफ्नो समर्थन कायम रहेको दोहोर्याएकी थिइन् । स्रोतले बताएअनुसार बाइडेनले फोनमा भनेका थिए, “म डेमोक्रेटिक पार्टीको उमेदवार हुँ । मलाई कसैले पनि हटाइरहेको छैन । म छोडिरहेको छैन ।”

 

बाइडेन ह्यारिस क्याम्पेनको तर्फबाट बुधबार फण्डरेजिङका लागि पठाइएको इमेलमा पनि सोही कुरा दोहोर्याउँदै आफू राष्ट्रपति उमेदवारको दौडमा अन्तिमसम्म रहने जनाइएको छ ।  एक साताअघि अर्का प्रतिद्वन्दी डोनाल्ड ट्रम्पसँगको टेलिभिजन डिबेटमा बाइडेनको प्रस्तुति कमजोर देखिएपछि डेमोक्रेटिक पार्टीभित्रै विभिन्न नेताले उनले उमेदवारी छोड्नुपर्ने माग गर्दै आएका थिए । तर, बाइडेनले प्रष्ट रूपमा आफूले नछोड्ने बताएका छन् ।

 

उनको विकल्पको रूपमा रहेको भनिएकी उपराष्ट्रपति ह्यारिसले बुधबार नै सीएनएनसँगको संक्षिप्त अन्तर्वार्तामा पनि आफू राष्ट्रपतिको समर्थनमा रहेको  दोहोर्याएकी थिइन् । बीबीसी