रुकुम पश्चिमका चार वटा स्थानीय तहमा कोरोना बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले आगामी फागुन २१ गतेदेखि २४ गतेसम्म कोरोना बिरुद्धको बुष्टर डोजको खोप लगाईने निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाईजर कृष्ण खड्काका अनुसार जिल्लाका आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिका लक्षित गरेर कोरोना बिरुद्धको बुष्टर खोप लगाईने भएको हो । उक्त खोप १२ वर्ष भन्दा माथीका व्यक्तिहरुलाई लगाईने छ । विगतमा कोरोना बिरुद्धको खोप लगाएका र लगाउन छुट भएकाहरुले उक्त खोप लगाउने छन् ।

खोप सुपरभाईजर खड्काका अनुसार यसका लागि दुई हजार २९० भाईल डोज खोज स्वास्थ्य कार्यालयमा प्राप्त भएको छ । गत असोज महिनामा जिल्लाका मुसिकोट र चौजहारी नगरपालिकामा उक्त खोप लगाईसकिएको हो ।

स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखासँग समन्वय गरेर उक्त खोप लगाईने जनाएको छ ।

#मुलपाटी_अनलाइबाटसाभार