रुकुम पश्चिमको चौरजहारीबाट मुसीकोटतर्फ आउदै गरेको लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका-८ गोइरीज्यूला नजिक केहिबेर अघि दुर्घटना भएको छ ।

जीप दुर्घटनामा परि २२ जना यात्रुहरु घाइते भएका छन । अहिले सबै घाइतेहरूलाई चौरजहारी मिसन अस्पतालमा उपचार भैरहेको छ ! प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनाको थप विवरण आउन बाकी छ