रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका वडा न १४ को श्री प्रभात माध्यामिक बिध्यालयमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भयको छ । मुसिकोट नगरपालिका र मानव बिकास तथा सामुदायिक सेवा अन्तरगत चौरजहारी अस्पताल र मेहर (MEHR)परियोजनाको सयुक्त आयोजना तथा आर्थिक सहयोगमा शिबिर सम्पन्ना भयको हो ।

शिबिरमा चौरजहारी अस्पतालका प्रशासक डिल बहादुर गिरि र हाडजोर्नी विशेषज्ञ डाक्टर निम्रोद सुब्बा सहित १८ जना स्वास्थकर्मिको टोलि खटिएको परियोजना संयोजक बासुदेब सापकोटाले बताउनुभएको छ ।

उक्त शिबिरबाट भिडियो एक्सरे, रक्त समुह जाँच, गर्भवती आमाको गर्भ जाँच, नाक, कान,घाँटी गेस्टाईटिस,तल्लो पेट दुखने, ज्वरो,रुघाखोकी , जस्ता बिभिन्ना समस्या भयका महिला ३६० र पुरुष २०१ गरेर जम्मा ५६१ जना बिरामी हरुले उक्त सेवा लियको र जटिल समस्या भएका बिरामी हरुलाई अस्पताल सम्म प्रेसन गरेको चौरजहारी अस्पतालका मेडिकल निर्देशक एबम हाडजोर्नी विशेषज्ञ डाक्टर निम्रोद सुब्बाले ले जानकारी दिनुभयो ।

 

साथै शिबिरमा विभिन्न प्राकृतिका समस्या भएका १२ जना अपाङ्गता भएका ब्यक्तिहरुले उक्त शिबिर बाट सेवा लिएको र भोलि २० गते डाडा छिबाङ वडा न १३ मा शिबिर सन्चालन हुने आयोजकले बताएको छ ।