बाँफिकोट गाउँपालिका वडा नम्वर ८ दुलीमा भएको जिप दुर्घटनामा गम्भिर घाईते भएका ४ जनालाई थप उपचारको लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाईएको छ । नेपाली सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज पठाईएको हो ।

सानीभेरी गाउँपालिका–५ का ४६ वर्षिय गम्भिर कुसारी, २२ वर्षिय ललित बाँठा मगर, २ वर्षिय प्रसिद्ध कुसारी र २० वर्षिया अनिता कुसारीलाई नेपालगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट खंलगा आउदै जिप आज विहान बाँफिकोट गाउँपालिका– ८ दुलीमा दुर्घटना हुदा  २२ दिनकाे बच्चा र आमा सहित ५ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा बाँफिकाेट गाउँपालिका वडा नम्बर ५ कि रेखा केसी, उहाँका २२ दिनका छाेरा, सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शितला केसी रहेका छन । शितलाकाे उपचारका लागि लैजादै गर्दा बाटाेमा र अन्यकाे घटनास्थलमै मृत्यु भएकाे उहाँकाे भनाई छ ।

दुर्घटनामा परि १० जना घाइते भएका छन् । सानीभेरी गाउँपालिका ५ हाँसुबाट मुसिकाेट खलंगा तर्फ आइरहेकाे लु १ ज १७४७ नम्बरकाे जिप टुरीधारा माेसेखाेलामा दुर्घटना भएकाे हाे । जिप सडकबाट करिब ५ सय मिटर तल खसेकाे छ ।