प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा देवकुमार ओली चयन हुनुभएको छ ।

आईतबार मुसिकोटमा भएको साधारण सभाबाट ओलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

सेन्टरकाे उपाध्यक्षमा सिजन बाँठा मगर र नारायण ओली, सचिवमा मनिष खड्का, सहसचिवमा दिपेन्द्र महतारा र सन्देश जैसी र कोषाध्यक्षमा सत्य बटाला चयन हुनुभएको छ ।

साधारण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोबिन्द रोका, प्रेस सेन्टरका उपाध्यक्ष ध्रुव बिक्रम बुढाथोकी, केन्द्रिय सदस्य मेघराज खड्का, मुसिकोट नगर कमिटी अध्यक्ष दलबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।