रुकुम, पश्चिमको चौरजहारी नगरपालिकामा रहेका २ वटा सामुदायिक विद्यालयमा वाल मैत्री शौचालय निर्माण कार्य सम्पन्न गरिएको छ ।
चौरजहारी नगरपालिका वडा नम्वर १२ मा रहेको जनसेवा आधारभुत विद्यालय र जनकल्यान माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आधुनिक शौचालय निर्माणको काम सम्पन्न गरिएको हो ।

चौरजहारी नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाको समन्वय र मानव विकास तथा सामुदायिक सेवा अन्र्तगत खानेपानी सरसफाई तथा जिविकोपार्जन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको आयोजकले वताएको छ ।
सामुदायिक विद्यालय जनसेवा आधारभुत विद्यालयमा ३ कोठे र जनकल्यान माध्यामिक विद्यालयमा ५ कोठे गरी ७ कोठे आधुनिक छात्र, छात्रा तथा अपांगता मैत्री शौचालय निर्माण कार्य सम्पन्न पश्च्यात शुक्रवार विद्यालयले आयोजना गरेको एक औपचारिक कार्यक्रमका विच हस्तान्तरण गरिएको परियोना अधिकृत आषिश आचार्यले जानकारी दिनुभयो ।
विद्यालयमा शौचालय निर्माण संगै सोही रकम मध्य वाट स्वच्छ पिउने पानीको लागि यूरोगार्ड समेत प्रदान गरीएको छ ।
शौचालय हस्तान्तरण भए संगै आधारभुत विद्यालयमा अध्ययनरत १३० र जनकल्यान माध्यामिक विद्यालयमा अध्ययनरत २०६ छात्र तथा छात्रा गरी कुल ३३६ जना विद्यार्थिहरुका लागि दिसा पिसा वगर्न सहज हुने विद्यालयले जनाएको छ ।
गत माघ पहिलो हप्ता देखि सरु गरीएको शौचालय निर्माण कार्यमा कुल १५ लाख ५९ हजार ७२ लाख लागत रहेको परियोजना अधिकृत आचार्यले वताउनुभयो ।
कार्यक्रममा जनसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलाराम शर्मा, माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद खत्री, प्रधानध्यापक, कृष्ण वहादुर ओली,झुपलाल शर्मा, मातृ तथा वाल स्वास्थ्य परियोजनाका जनस्वास्थ्य अधिकृत गोपाल तिमेल्सिना, विद्यालयका शिक्षक विद्यार्थि तथा अविभावकहरुको रोहवरमा उक्त ताला तथा चावी हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा परियोजनाले गरेको कामको उच्च सम्मान गर्दै विद्यालयले प्रसांस पत्र समेत प्रदान गरेको थियो।
जिविकोपार्जन परियोजनाले व्यक्तिगत सरसफाई, सफा पिउने पानी, सुरक्षित खाना, महिनावारी स्वच्छता, स्वच्छकर चर्पिको प्रयोग, वातावरणिय सरसफाई, लगाएतको वारेमा चौरजहारी नगरपालिका भित्र रहेका विभिन्न विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ ।
हस्तान्तरण कार्यक्रममा वोल्दै जनकल्यान माध्यामिक विद्यालयका अध्ययक्ष भिम प्रसाद खत्रीले परियोजनाले निर्माण गरेका भौतिक संरचनाको रेखेदख,तथा मर्मत, संभार गर्ने प्रतिवद्धता सहित आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राख्नुभयो ।









